बामदेवले रोजे नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजबादी ) : आजै समाहित हुदै

khabargen.com

२ साउन, काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान  गठन गरेर सम्पूर्ण वामपन्थीहरुलाई एकताबद्ध बनाउने अभियानमा लागेका बामदेव गौतम अन्तत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा समाहित हुने  भएका छन्।   

कहिले एमाले त कहिले समाजवादीसित लामो समय देखि बार्गेनिङ्ग गर्दै आएका गौतम असार २७ गते एकता सहमति पत्रमा हस्ताक्षर गरेर  नेकपा एकीकृत समाजवादीलाई रोजेका हुन् । एकतापछि पार्टीमा बामदेव गौतमलाई गौतमलाई  नेकपा एकीकृत  समाजबादीले अध्क्षय  माधव कुमार नेपाल , बरिष्ठ नेता झलनाथ  पछि तेस्रो बरियता क्रम दिने भएको छ। 

नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा आजै राष्ट्रिय सभा गृहमा हुन लागेको हो ।

किन एकीकृत समाजबादी नै रोज्नु परेको हो ? भन्ने प्रश्नको उत्तरमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न दुवै पार्टी सैद्धान्तिक रूपमा सहमत भएपछि एकताका लागि वातावरण बनेको नेताहरुले प्रतिक्रिया  दिए

प्रतिक्रिया