विद्या भण्डारी नेतृत्वमा वामपन्थी एकता आजको आवश्यकता: झलनाथ खनाल

khabargen.com

२८ असार,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति बिध्यादेबी भण्डारीको नेतृत्वमा वामपन्थी एकता आजको आवश्यकता रहेको बताएका छन् ।

झलनाथ खनालले भने ," यदि  बिध्यादेबी भण्डारीले वामपन्थी एकताको नेतृत्वको आवश्यकता महसुस गर्दै पहलकदमी गरे त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ "

शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका खनालले बिमानस्थलमा संचारकर्मी सीतको सक्षिप्त कुराकानी गर्ने क्रममा उक्त कुरा बताएका हुन्। ।  ‘अहिले जे खालको समस्याबाट एमालेको नेतृत्व आक्रान्त देखिन्छ, यदी विद्या भण्डारीले त्यो कुरा महशुस गरेर वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्नेकुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ खनालले भने ।

अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरु सबैलाई एकतावद्ध गर्न जरुरी रहेको उनले बताए । खनालको उक्त बिचारमा बामपन्थी धारको जनमतको सबै भन्दा ठुलो समूह  नेकपा एमालेमा नै  भएपनि  नेकपा एमालेको अहिलेको नेतृत्वले जनभावना अनुरुप काम गर्न नसकेको  उनले इंकित  गरेको देखिन्छ।  

प्रतिक्रिया