३ साउन, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी
रास्ट्रीय एकता अभियानका संयोजक वामदेव गौतमले आफु आन्दोलनको नेता भएको
बताएका छन्। साउन दुइ गते रास्ट्रीय
सभागृहमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत
समाजवादी ) र नेपाल कम्युनिस्ट पार्टी
एकता अभियान को एकता समारोहलाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका
हुन्।
दर्शक दीर्घामा
बसेका नेता कार्यक्रताहरुको गडगडागड ताली र हुटिंग पाएर हौसिएका
गौतमले भने " मेरो उमेर ७७ बर्ष भयो ,मैले सात बर्षको
उमेर देखि निरन्तर ७० बर्षसम्म कम्युनिष्ट पार्टीको झण्डा बोकेको छु। अझै आवास्यक परे १०० बर्षको उमेर सम्म पार्टीको झण्डा झुक्न
दिन्न । " गौतमले मन्तब्यकै क्रममा पार्टी आन्दोलनमा लागेकै कारण आफुले औपचारिक
शैक्षिक योग्यता हासिल गर्न नपाएको खुलासा समेत गरे।
दर्शकको साथ र
समर्थन पाएका नेता गौतमले कम्युनिष्ट पार्टीको एकता र समाजवादनै आफ्नो जीवनको
ध्येय रहेकोले त्यसैको लागि लागिरहने प्रतिबद्धता व्यक्त गर्दै आफुले नेतृत्व
लिएको आन्दोलन कहिल्यै असफल नभएको जिकिर समेत गरे।
सम्बोधनकै क्रममा
गौतमले भने ," नेपाल माग्नेहरुको देश होइन अरुलाई दिएर
खानेहरुको देश हो । " अबको
१० बर्षमा नेपाल युरोपियन देशहरुको स्तरमा
पुग्ने र यसको लागि नेपाल
समाजवादको मार्गमा अगाडी बढ्नु
पर्ने उनको कथन थियो ।