काठमाडौँ ,१ भाद्र ,सहकारी ठगि मुद्धाका आरोपित रास्वपाका अधक्ष्य रबि लामिछानेलाइ अड्डासार गरि हिजो साउन ३१ गते नक्खु कारागारमा सारिएको छ। यसअघि उनलाई रुपन्देही जिल्ला कारागार राखिएको थियो।
लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए भने अदालतले जेठ १६ गते नै अनुमति दिएको थियो । त्यहि आधारमा गृह प्रशासनले उनलाई नख्खु कारागार सरुवा गर्ने निर्णय गरेको थियो ।
स्रोतका अनुसार लामिछानेलाई ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकको एक छुट्टै कोठामा राखिएको छ । उनि ४०० कैदी बन्दी रहेको ब्लकमा रहने र अरु कैदी बन्दी सरहनै सुबिधा पाउने कारागार स्रोतले बताएको छ। रबि लामिछानेलाई नख्खु ल्याउदा उनको समर्थनमा ठुलो भिड लागेको थियो। समर्थकले उनका पक्षमा नाराबाजी समेत गरेका थिए।